Last modified on 10 जुलाई 2024, at 16:56

पाठ / रोशन परियार

कैँची जस्तो मन बनाउनु
काटिरहन्छ, टुक्राइरहन्छ

सियोमा गुलाफ बेर्नु
चोटै चोटको धागो उन्नु
अनि
उध्रेको जिन्दगीलाई
धैर्यको कलमा राखेर
बिस्तारै - बिस्तारै सिलाउँदै जानु

दुखाइहरू मीठा हुन्छन्
दुख्न थालेपछि !!