Last modified on 23 जून 2020, at 09:33

पाहुना खुसी / रमेश क्षितिज


छिनभरि हँसाएर जुनिभरि रुवाउन
किन आयौ मेरो खुसी दुई दिनको पाहुना !

तिमी आयौ तिमीसँगै रहर पनि आयो
जिन्दगीले रङ फे¥यो आशा पलायो
जस्तो थिएँ ठीकै थिएँ दुःखसुख बाँच्दै थिएँ
बिउँझिदा टुटिजाने झूटो सपना देखाउन
किन आयौ मेरो खुसी दुई दिनको पाहुना !

बतासको झोँकाजस्तो तिमी आयौ गयौ
मैले ओत लाग्ने घरको छाना उडायौ
झेल्दै थिएँ घामपानी आफ्नै बाटो हिँड्दै थिएँ
छुट्नु रैछ दोबाटोमा आधी कथा सुनाउन
किन आयौ मेरो खुसी दुई दिनको पाहुना !