आकाशभरिका एक फौज ताराहरूको
रिमझिम पनि चाहिन्न
फूलजस्तै सुकुमार मालीले गोडेको
फूलबारीको कुनै फूल पनि चाहिन्न
कहलिएका बगैँचाका विविध फलहरूको
कुनै स्वाद पनि चाहिन्न
कोइलीको कुहू–कुहू पनि
अब पट्यारिलो भइसक्यो
झर्ना, हावा र नदीको सुसाइमा पनि
विरक्ति बगिसक्यो
जङ्गलको एकान्तमा खस्ने
पत्करको मसिनो आवाज पनि
कोलाहलबीच पड्केको गोलीझैँ लागिसक्यो
सुनसान र एकलासे जुनेली रातमा
एक्लै हिँड्ने आनन्दी मन मर्योो
जात्रा/जात्रा र चाडपर्वको हूलमा
मिसिन मन गर्ने
तन्नेरी इच्छा पनि मर्योप
बत्ती कात्ने कोमल पिउरीको
बाक्लो डसना पनि बिझाउँछ
चौरासी व्यञ्जनको भोजन पनि
अब तीतो भो
यत्ति हो कि अब
मानिस सबै सन्चै छन्
भोकै मानिस कतै छैनन्—
जान्न पाएँ
असङ्ख्य आनन्द भयो
अनन्त शान्ति भयो।