Last modified on 20 अगस्त 2020, at 23:53

पीडाको वन्दना (एक) / नाज़िक अल मलाइका / सुमन पोखरेल

हाम्रा रातहरूमा दु:ख र चोट खन्याइदिन्छ यसले
अनिद्राले भरिदिन्छ यसले हाम्रा आँखालाई।
बर्सात्‌को एक बिहान हिँडदै जाँदा
भेटेका थियौँ हामीले बाटामा यसलाई,
र मायाले सुम्सुम्याएर दिएथ्यौँ बास
बेतोडले धड्किरहेको हाम्रो मटुभित्र।

कहिल्यै छोडेन यसले हाम्रो बाटो।
हामीलाई दुनियाँका कुनाकुनामा थन्क्याएर
कहिल्यै बिलाएन यो हाम्रो अगिल्तिरबाट।

नदिनुरहेछ एक थोपो पनि
पिउनका लागि त्यस बिहान हामीले यसलाई ।

हाम्रा रातहरूमा दु:ख र चोट खन्याइदिन्छ यसले
अनिद्राले भरिदिन्छ यसले हाम्रा आँखाहरूलाई।