Last modified on 25 जुलाई 2017, at 22:06

पुग्छु भनेर गएको ठाउँ / वासु शशी


पुग्छु भनेर गएको ठाउँ
पाइलैपिच्छे पर सर्छ !

यताउति घुम्तीहरुमा
आकल झुकल कहिलेकाही
पुगे जस्तो पनि लाग्छ !
तर पुग्ने रहर तीव्र छन्
जीवन्त बनाउछन !
र, जहाँजहाँ मानिस पुगेको छैनन्
पृथ्वीका ति चौटाहरु
सित्तै गएका छन् !
र, हिमाल पनि त्यसैले हो
पग्ली पग्लीकाँ
मानिसको धरिति डुल्न आउछन !!