मानिसको विश्वास त थिएन
तैपनि आएथेँ बुझ्नलाई
के मानिस साँच्चै नै खराब हो
वा खराब हो उसको स्वार्थ ?
मानिसले ढोका लगायो
र
पराइ भयो मेरो एउटा बास ।
बाँकी छन् तर अझै
सहस्र स्वागतहरू ।
सृष्टिले सिर्जेको प्रकृतिमा
पर्खिरहेछन् हरेकलाई
हजारौँहजार गन्तव्यहरूले ।