Last modified on 27 मार्च 2018, at 14:03

पृथ्वीमा स्वर्ग / विमल गुरुङ


हामी स्वतन्त्रता चाहन्छौं
हामी मुक्ति चाहन्छौ
लड्छौं
रगतको अन्तिम बूँदसम्म
हामी यसैको लागि
हामी नकार्छौं
किसानले भोको बस्नुपर्ने प्रथा
हामी तिरस्कार गर्छौं
कपडा उद्योगको ज्यामीले
चार्डपर्बमा नयाँ कपडा हाल्न नसक्ने समाज
हामीलाई घृणा छ
त्यो संरचना
जहाँ बिस्कुट फ्याक्ट्रीला कामदारका
नानीहरुले अन्नका लागि रुनुपर्छ
हामीलाई आशा छ
एकदिन हामी साँपलाई फ्याँक्न समर्थ हुनेछौं
पिंजडा तोड्न सफल् हुनेछौं
हामी हुरी चाहन्छौं
हामी सफा नीलो गगन चाहन्छौं
हामी चाहन्छौं पृथ्वीमा स्वर्ग ।