Last modified on 25 अगस्त 2024, at 20:07

प्रयत्न / गीता त्रिपाठी

 
आफू भएर बाँच्न
प्रयत्नशील छ एउटा उडान ।

बन्धनभित्र रोकिएका उन्मुक्तिहरूलाई
खोजिरहन्छ चुपचाप
स्वीकार गर्दैन स्थिरतालाई
र सुरु गर्छ सङ्घर्ष ।

जिन्दगीलाई थुनेर बाँच्न चाहँदैन कोही
भोगिनसक्नुको अन्धकारबाट उम्कन
असम्भव नै लागे पनि
प्रयत्न गर्छ जोसुकैले।