Last modified on 25 अगस्त 2024, at 16:58

प्रयत्न / सुमन पोखरेल

प्रयत्न गरेर नै उड्न जान्या हुँ मैले
निस्कन्छु यहाँबाट, म
प्रयत्न गरेर नै ।
 
प्रयत्न गरेर नै समात्यो मलाई त्यसले
प्रयत्न गरेर नै थुन्या हो मलाई उसले
प्रयत्नले नै लाग्या हो साँचो त्यहाँ त्यसरी
प्रयत्न गरेर नै, म
निस्कन्छु यहाँबाट ।

कसरी बर्सन्थ्यो होला पानी प्रयत्नबिना
बहन्थ्यो होला कसरी प्रयत्नबिना बतास
प्रयत्नबिना कसरी हुर्किन्थे होला बृक्ष !

प्रयत्नबिना कहाँ पाइन्छ र विजय !
प्रयत्न गरेर नै, म
निस्कन्छु यहाँबाट ।