Last modified on 16 सितम्बर 2020, at 16:38

प्रार्थना / आद्याशा दास / सुमन पोखरेल

मेरो प्रार्थना
नितान्त निजी, अत्यन्त गोपनीय
व्याकुल, दुःखमय
एउटा उत्कट अनुनय
एउटा सम्मोहक अनुरोध
पुनर्जीवित गर्न मेरै रहर, आकाङ्क्षा र कामनालाई
केवल मेरालाई, मेरै मात्रलाई ।

दैनिक कामहरूका बीच
दिन उक्लिँदै गएर साँझ होउन्जेल
मन्दिरका अग्ला द्वारहरूमा
भान्सा र सुत्ने कोठाबीच ओहोरदोहोर गर्दैगर्दै
कुनै पनि ठाउँमा, जुनसुकै ठाउँमा
ज्यूँदाउँछ मलाई मेरो प्रार्थनाले
पूरा गरिदिन्छ मेरा ईच्छाहरू ।

कति सहज प्राप्त छौ मौन-ढुङ्गो झैँ मौन तिमी
कहिल्यै नबोल्ने नियति लिएर
मलाई, र अरू सबैलाई
बाँड्दै सम्मतिको भ्रम
नरिवल, कपडा र
जीवन भनिने बत्तीको एउटा चम्किलो सलेदोको साटोमा ।