Last modified on 7 सितम्बर 2024, at 13:33

प्रिया / दीपक शम्चू

तिम्रो मायाले छपक्कै छोपिउन्जेल
मायालु नजरले ढपक्कै ढाकिउन्जेल
बालापनमै हराइरहँदो रहेछु
म अज्ञानी नै हुँदो रहेछु ।

मेरो धड्कन
तिम्रो स्वासबाट चल्दो रहेछ
जीवन, तिम्रै रहर हुँदै बग्दो रहेछ ।

साथ नहुँदा तिमी
अपूरो - अपूरै हुने रहेछु ।

अहो ! प्रिया
तिमीसँगै रहेछ इन्द्रेणी
तिम्रै स्पर्शले चल्दो रहेछ
जीवनको तरङ्ग ।

०००