मिलन घटना मात्र हुन्
यसमा भाग्यको शक्ति छैन,
फेरिँदो विश्वमा
पल पल अलग्ग छन्
निशानाको स्थिरता छैन,
जीवन समानान्तर छन्
क र ख दुई बिन्दुबाट
रेखा हिँड्दछन्
भेट हुन्छ ग बिन्दुमा गएर
हेराहेरमा कोण बन्दछ
परिलेखको परिमाण हुन्छ,
तर मापको सानो आकारसम्म पाइँदैन ।
अनि
घोत्लिएर हेर्दा देखिन्छ
सच्चा प्रेम,
नजरको वक्ररेखामा,
यौवनको त्रिभुज अगाडि आउँछ चुच्चो पर्दै,
ज्यामितिका पत्र पल्टिएर
शून्यको खेलमा ।