Last modified on 7 जुलाई 2017, at 23:35

फूल टिपेर मायाको / शैलेश आचार्य

फूल टिपेर मायाको चढाउँदैछु मायालुलाई
गम्कन्छ सुवास अवस्य एक दिन त्यो मुटुको अन्तरभित्र
धून बुनेर हृदयको सुनाउँदैछु मायालुलाई

मायालाई मेरो उपहास गर्ने मायालु तिमी अबुझ छौ
जल्नेछ ज्योति अवस्य एक दिन त्यो मुटुको अन्तरभित्र
फूल टिपेर मायाको चढाउँदैछु मायालुलाई

ढुकढुक गर्ने छातीमा तिम्रो आज अर्कै सरगम छ
बज्नेछ गीत अवस्य एक दिन त्यो मुटुको अन्तरभित्र

रित्ता छन् तिम्रा सपना सारा आँखामा पर्दा लागेका छन्
भरिनेछ रङ्ग अवस्य एक दिन त्यो मुटुको अन्तरभित्र