हेर, हेर, तिम्रा छोरा ए कमल
पैतालाले टेकेर धरतीलाई
हातले कुहिरो समात्छ
चट्टानमा लगेर फ्याँकिदेऊ, यो दूबोको जरो,
अलि दिन पर्ख, हेर, त्यहीँ सप्रन्छ
हेर त, बिरुवालाई जितिसकेको सिकन्दर जस्तै,
कहिले-कहिले यो हाँस्छ ।
वरिपरिका बेञ्ची, खाट र स्टूललाई
यसले जितिसक्यो
पत्थरको लामो त्यो सिँढीलाई पनि जित्छ
यसलाई जित्न देऊ
अब यसले मलाई पनि जित्छ
तिमीलाई पनि उछिन्छ ।