Last modified on 27 मार्च 2018, at 14:07

बलात्कृत मृत लास / विमल गुरुङ


औंसीको रातको
अपरिचित
कुनै सुनसान सडकमा
आफ्नी नयाँ पत्नीको
बलात्कृत मृत लास देखेर
अपरिचित
कुनै क्रुद्ध छौंडा झै
उघ्रेको
मुखबाट
चियाको गिलास
तातो
बाफ
प्रदेश निर्यात गरिरहेको छ ।