Last modified on 16 जुलाई 2017, at 09:25

बाँचेको छु यसरी / राजेश्वर रेग्मी


बाँचेको छु यसरी एकनास म राजेश्वर
थाहा छैन हुरी हुँ कि बतास म राजेश्वर

त्यसो त कोहीकोही माया पनि गर्दा हुन्
मुख फेरे’ नि धेरैले हुन्न“ हतास म राजेश्वर

केही आँसु छ मसँग, केही हाँसो पनि छ
सबैसँग बसेको छु एकतमास म राजेश्वर

अलिकति तिमीलाई गुनासो छ– मेरो जीवन
किन लागिरहेछौ गर्न उठीबस म राजेश्वर