मान्छेले बाटो हिँड्न छाडे बाटोले अब मान्छे हिँड्छ
हेपिएको सडकले नै अब मान्छेको शिर टेक्छ
एत्ति तल तल ठूला ठूला नि गिरेको देखेपछि
पछि लाग्ने शान्त लश्कर आफैँ नै पड्केर फुट्छ
एत्ति सारो जिन्दगीलाई नै निचोरेको भेटेपछि
कुन मन होला तेस्तो नबहुलाई जो बस्न सक्छ
शिर त ठाडो देख्नै नहुने ढाल्नै पर्ने मति
भोलि माथिको आकाश खस्दा हेरम्ला त्यो कस्ले थेग्छ
ई तीता कुरा सुन्न सक्ने आँट कसैमा छैन तर
मेरो कलमको जातै खराब जे देख्छ तेही लेख्छ