Last modified on 9 जुलाई 2024, at 18:45

बाटो हराएको बटुवा / सानु शर्मा

बाटो हराएको बटुवा जस्तै छ
जोडी छुटेको चखेवा जस्तै छ
केके याद राखूँ, बिर्सूँ केके म
मेरो हालत अचेल यस्तै यस्तै छ

मन्दिरको सिँडीमा, सगैँको बसाइ
मेरा केशमा तिम्रा औँलाको हिँडाइ
केके याद राखूँ, बिर्सूँ केके म
मेरो हालत अचेल यस्तै यस्तै छ
बाटो हराएको बटुवा जस्तै छ

त्यो गर्जने मेघ, त्यो बर्सने पानी
न्यानो अँगालो, छातीको सिरानी
केके याद राखूँ, बिर्सूँ केके म
मेरो हालत अचेल यस्तै यस्तै छ
जोडी छुटेको चखेवा जस्तै छ