Last modified on 19 जनवरी 2022, at 11:41

बिर्सिजाने उनीलाई / वीरेन्द्र पाठक

बिर्सीजाने उनीलाई सम्झीराख्छु किन
कल्पनाको आकासमा उडीराख्छु किन !

सुनगाभा फुलेपनि मलाई वास्ता छैन
बनडाँडा झुलेपनि मलाई वास्ता छैन
कता गइन् उनी भनि सोचिराख्छु किन
कल्पनाको आकासमा उडीराख्छु किन !

कैले उनको बोलि फेरि सुने जस्तो लाग्छ
कैले उनीलाई फेरि देखे जस्तो लाग्छ
झझल्कोमा बाँधिएर बसिराख्छु किन
कल्पनाको आकासमा उडीराख्छु किन !