Last modified on 12 नवम्बर 2017, at 12:18

बिर्सुंभन्दा सम्झना पो / क्षेत्रप्रताप अधिकारी


बिर्सुंभन्दा सम्झना पो बल्झे जस्तो छ
यो मन त्यसै परेलीमा अल्झे जस्तो छ

रोदीघरको कुनातिर भुलेछ कि कुन्नि
चौबन्दीको तुनातिर फुलेछ कि कुन्नि
बहकिने मनको व्याथा साह्रो हुँदो रैछ
उमेरसँगै नहिंड्दिंदा गहारो हुँदो रैछ

बिछोड हुने मोहनीले तर्काइदिए हुन्थ्यो
यो मन मेरो गामबेंसीमा फर्काइदिए हुन्थ्यो
मन छोपेर ल्याइदिनेको गुन मान्ने थिएँ
माया दिने थिएँ धेरै माया दिने थिएँ