Last modified on 23 जून 2017, at 11:46

बुझ्नै सकेनौ तिमीले / चेतन कार्की

बुझ्नै सकेनौ तिमीले, आँखाको भाखा मेरो
हजार अर्थ अरुले, लाएर के गरूँ

मुटु मुटुमा प्रीत बनी, भरिन सक्छु म
अधर अधरमा गीत बनी, छरिन सक्छु म
दोहोरयाइनौ तिमिले मेरो गीत भन्ने सारा
संसारले मिलेर, गाएर के गरूँ
बुझ्नै सकेनौ….

सेतो बादल जस्तो, निरस यो जिन्दगिलाई
लाचार कामना, बिबश जिन्दगिलाई
मुस्कानको इशारा तिमिले दिन सकेनौ भने
संसारको सहारा पाएर के गरूँ
बुझ्नै सकेनौ…

शब्द: चेतन कार्की
संगीत: व्हि. बलसारा
स्वर: नारायण गोपाल