Last modified on 19 मई 2020, at 14:25

बेग्लै ठान्छन् मान्छे मलाई बाहिर सिँगार्दैछन् / गीता त्रिपाठी

सहर

बेग्लै ठान्छन् मान्छे मलाई बाहिर सिँगार्दैछन्
दिगो शान्ति-सभ्यताको रूप बिगार्दैछन्
 
एउटै न हो धर्ती हाम्रो एउटै न हो आकाश
चन्द्र-सूर्य बाँड्छन् यहाँ बराबरी प्रकाश
फेरि पनि अँध्यारै छ मनको दैलोभित्र
देख्दै छु म भविष्यको एउटा मैलोचित्र
 
तिमी बोल्छौ हृदयले हृदयकै भाषा
फर्की हेर्छु तिमीलाई लाग्छ मीठो आशा
शमीको छ शिर तिम्रो, वर-पीपलको छाती
अप्ठेरोमा साथ दिन्छौ तिमी सच्चा साथी ।