बोलाउन त बोलाएँ नै तिमी कहाँ थियौ
जाँदाजाँदै बाटो बीच एक्लै छोडी गयौ
निर्मोही त्यो गोरेटोले पनि धोका दिन्छ
मेरो आफ्नै यात्राले मलाई छेकिदिन्छ
शिखरका सेता हिउँ कति खोजेँ कति
अँध्यारोमा हराएर कता लुकिदिन्छ
प्रकृतिका चिनोहरू पनि गए कता
खोज्दाखोज्दै जीवननै बगर भइदिन्छ
बिहानका उज्यालो त्यो भइदिए उल्का
जूनको त्यो जुनेलीझैँ रहिदिए हुन्छ