भनेको केही नपुग्ने यो कस्तो निस्तो जिन्दगी
सोचेथेँ आफ्नो बाँच्ने, बाँचेँ यो कस्को जिन्दगी
मुस्कान थियो मेरोमा अनुरागले चुमेको
सपना थियो एउटा मायाले नै बुनेको
यो के जीवन बाँच्दैछु पीरले ओठ थुनेको
सबै खुसीहरू चाहिँ राखे झैँ कतै बन्दकि
उमँग थियो मेरोमा जीवनजस्तो रहरको
जाँगर थियो मुटुमा पहाडी-नदी-लहरको
अब त खै के बाँच्नु र मुटु नै भयो जहरको
बाँचिरहेछु करैले कसैले केही भन्छ कि !