भाँचिएको मन आज फेरि भाँचिएछ
आफ्नो मृत्युमा खुसी भै आफैं नाचिएछ
ढुङ्गा जस्तो मुटु बोक्ने मान्छेहरूमाझ
धेरै वर्ष काँचजस्तो जीवन बाँचिएछ
समयले रहरको चङ्गा काटिँदिँदा
आँसुले हत्केला धोई भाग्य जाँचिएछ
आफ्ना कोही देखिएनन् आफन्तका भीडमा
व्यर्थै किन छातिभरि माया साँचिएछ