Last modified on 3 फ़रवरी 2022, at 18:10

भाउजू / केवलचन्द्र लामा

दुईछाक खोज्छिन् चियाबोटमा भाउजू
घर खोज्छिन्
एकसरो फेरफारे गुन्यु
र केटकेटीका खाताकिताब।

भाउजूले पाएकी छन
आधापेट निस्तो गाँस
फाटेको लुगा लाउने घर
अक्षर मेटिएको किताब
र खालीखुट्टे बारी।

फेसबुक र पासपोर्टसंग
कुनै वास्ता नहुने भाउजूको फेण्टसी सीमित छ
मज्जाको टीभी सिरियल
र कहिलेकांही घरमास्तिर उड्ने हेलिकप्टरसम्म।

तर भीख माग्दिनन् भाउजूहरू।
मार्छन् नि हौ
पसिना कमाएर खाने दाजुहरूले।