बालूको रेत थिएँ रे धेरै वर्ष अगाडि; परन्तु
भन्छन् उर्बर खेत मलाई यो निष्ठुर मानव जन्तु !
बालैपिच्छेका दाना भन्छन् गहभरि आँसु भरेर,
किसानका कैय्यन पुस्ता उसको रूप सिंगार्न भनेर,
भोक प्यासको वास्ता नगरी गए रे बलिदान भएर !
तर निष्ठुर कामी तल्सीङ बालीका जोबन देखेर
बलजफ्ती भोगिरहेछन् आलो-पालो होड गरेर ।
......................................
,०९ सालको कविता-बाट, २०१०