Last modified on 26 जनवरी 2022, at 11:17

भोटको लडाइँको सवाई (१३-१५)/ लालबहादुर आउँमासी

अघिबाट सुद्धि बुद्धि कसले लियेन ।
केपुवाल बन्दुक् पनि उस्‌बेला थियेन ॥
नयाँ सिपाहीलाई अर्ति भयेन ।
बन्दुक भर्नाको ढङ्ग थियेन ॥१३॥

डोलो कार्तुस् हालेको बन्दुक चलेन ।
वर्मा सुजनी पनि नास्ति खुलेन ॥
नयाँ परे सिपाही कवायद् नजान्या ।
टाढैबाट भोटेलाई गोलि नहान्या ॥१४॥