Last modified on 27 मार्च 2018, at 14:21

मध्ययुगीन वस्तीहरु / विमल गुरुङ


आजकल टाउकामा
सरदरको तलुवा झुण्डाएका
मध्ययुगीन वस्तिहरु
पर्दाहरु उठाएर

वर्तमानहरु उचालेर बोलेको सुन्छु
खिचडीबाट बन्दीहरु समेत
सुन्न सक्छन्
भोकका अबोध भाषाहरु
भोक लाग्यो रोटी !!