खडेरीले फूल यहा“ सुकिरह्यो सधैँभरि
कस्तो काँडा बिझ्यो मन दुखिरह्यो सधैँभरि
बैगुनीलाई भोलिदेखि बिर्सिदिन्छु सोच्दैरहेँ
तर माया मुटु छेउ लुकिरह्यो सधैँभरि
धेरै टाढा गइसक्यौ अब अर्कै भइसक्यौ
तर मन तिम्रै छेउ पुगिरह्यो सधैँभरि
जाने बेला रुवाई जाने बैमानीलाई सम्झीसम्झी
पीरै पीरले ज्यान मेरो सुकिरह्यो सधैँभरि
डोली चढी गयौ तिमी हिँडी फर्की आउने छैनौ
तर बाटो क्षितिजले ढुकिरह्यो सधैँभरि