एउटा साथी
उसैलाइै चढाउन सकू
मनमा लुकीबसेका आसुफूल
मनमा फुलीबसेका आरुफूल।
आजसम्म
धेरै बाडेँ शुभकामना,
शुभेच्छा सिंचेर
थुप्रैथुप्रै सजाए अभिवादन,
तर एक्लै बोकिरहेछु
संवेदित मनको गाठो
खोल्नै नसक्नुको नमज्जा,
शब्दमा उतारेर आफ्नो चित्र
विमोचन हुन नसक्नुको असफलता
र पोखिनै नपाउनुको सागुरो।
यस्तो लाग्छ,
सारा हिडाई बोकेर
बगौं कलकल
बेपर्वाह ओह्रालैओह्रालो
हुत्तिएको बेगवान् झरनाजस्तो
र पुगौं उसम्म।
अनौपचारिक आँखा,
बिना साइनोको बन्धन
बिना लिङ्गको व्याख्या
सीमाहीन
संज्ञाहीन ....।
ओ प्रतीक !
ओ साथी !
ओ सागर !
म पानी आफैं तृष्णा भएर
तिमीलाई खोज्दै हिडेकी छु।