म तिम्रो अनुरागमा यसरी भिजेँ
कहिल्यै नओभाऊँ म जसरी भिजेँ
मेरो मधुमास उनलाई के दिएँ
उनको प्रेमवर्षाले झर्झरी भिजेँ
भेटूँ भनी म पुग्दा ऊ रोइरहेकी
कतिपल्ट मनभित्रै त्यसरी भिजेँ
सम्झना छ उनका नयनमा हेरेको
होश छैन त्यो मातले कसरी भिजेँ
सक्दिनँ बुझाउन म यी प्रेमका कुरा
नसोध केले कहाँ म के गरी भिजेँ
निदाउन दिएनन् आँखाले मलाई
यादहरूको झरीमा रातभरी भिजेँ
नदीमा पुर्याई गोडा डुबाए, सुमन !
अन्तिमपल्ट त्यसरी मरिमरी भिजेँ