मन्दिरको ढुङ्गामा मेरो आस्थाको भगवान भएजस्तै
मान, नमान तिमी छौ, शाश्वत ममा ज्यान भएजस्तै
छ उस्तै मेरो हाँसो, मेरो मुस्कान सधैँझैँ आज पनि
तर लाग्छ खुसी र रहरहरूको अवसान भएजस्तै
तिमीले दिएका फूलहरू सुके पनि राखेको छु सजाएर
तिमी ठान्छौ मेरो नाम सुन्दा, ठूलै अपमान भएजस्तै
उस्तै छ भीड आउने जानेहरूको जीवनको गोरेटोमा
उभिएको छु घुम्तीमा, हर कोहीसँग अन्जान भएजस्तै
पराईझैँ लाग्छन् कति मानिसहरू बर्सौँ साथमा बिताए पनि
बाँधिन्छ मन पलभरमै कहीँ, युगौँदेखि पहिचान भएजस्तै