मन त त्यसै दुखिहाल्यो माया मारेपछि
निर्मोहीले बाचा गरी बाचा भूलेपछि
सुनाखरी फूलजस्तो भन्थेँ जिन्दगानी
कहिले छहरा कहिले नदी, कहिले घामपानी
बतासले उडाएको चङ्गा आकाशमा
बिर्सिदिए पनि उसले सम्झेँ कहिले काहीँ
लहरलहर खोलाभरि बागिहिँड्ने पात
कसले लग्यो उडाएर सगरको माथ
म पनि त पातजस्तै उड्छु बग्छु भन्छु
सागरमा पुग्छु भन्छु, मायालुको साथ