Last modified on 16 जुलाई 2017, at 16:42

मन २ / सविता गौतम दाहाल


मनको यो कोमलता
कता लुकाऊँ
कतै वस्दैन
थाहै नपाइ निस्की सक्छ ।
मनको यो आद्रता
कसरी सुकाऊँ, ओबाऊँ
निरन्तर चिसो छ
थाहै नपाइ भिजी सक्छ ।

रोकेर मनलाइ
छेकेर मनलाइ
बाघेंर पनि
केही गर्दा सकिन
निस्की रहयो, भिजी रहयो !

कति वहाउनु मोतीका दाना
कति संझाउनु ज्ञानका ताना
केही गर्दा सकिन
बेहाल छ मन, घायल छ मन ।

निस्कूँ कि नियमका हर परिधिवाट
चलनका हर सिमा तोडेर
भागेर पुगूँ
या चुपचाप उडूँ
मन लाइ साथ दिएर ।

मनको वसमा केही रहेन
मनलाइ सम्हालेर उभिएको छु
वाडीमा वहिरहेछ
झरी रोकिने आशमा
मनलाइ साथ दिइरहेछु ।