Last modified on 6 अगस्त 2017, at 11:37

मलाई खोज्नु भो कि / श्रवण मुकारुङ


मलाई खोज्नु भो कि टाँटी फलैँचामा
हजूरको तस्वीर आयो गलैंचामा

जति बुन्छु धागो मनमा गाँठो पर्छ
फुकाउँ भन्छुँ गाँठोगा आफैँ आँसु झर्छ
पूmल खोज्नु भो कि रित्तो बगैंचामा
हजूरको तस्वीर आयो गलैँचामा

जति धुन्छु धागो उति धूलो–मैलो
कर्म दुखियालाई दुःखै देउसे–भैलो
मन दुखाउँनु भो कि एक्लै साकेवामा
हजूरको तस्वीर आयो गलैँचामा