विसङ्गति हेरेर बस्नु 
यहाँको नियति भइसक्यो 
नराम्रो खबर सुनेर बस्नु 
यहाँको परम्परा नै भइसक्यो 
छातीभित्र आक्रोश थिचेर बस्नु 
यहाँको बाध्यता भइसक्यो।
हे ईश्वर ।
किन मलाई आँखा चाहियो ? 
किन मलाई कान चाहियो ? 
किन मलाई मुख चाहियो ?
मलाई दया गर
मलाई तिमी आफूजस्तै बनाऊ ।