Last modified on 10 मई 2020, at 21:17

मलाई तिम्रो मुस्कान हैन / किरण खरेल

मलाई तिम्रो मुस्कान हैन तिमी नै चाहिन्छ
केवल यौवन हैन, जीवन नै चाहिन्छ

सुखमा मलाई रमाउने साथीले मात्रै पुग्दैन
दु:खमा हात समाउने कोही नभई हुँदैन
मलाई तिम्रो इशारा हैन, नजर नै चाहिन्छ
केवल यौवन हैन, जीवन नै चाहिन्छ

तिर्खाएको बेला बगेको खोला हेरेर पुग्दैन
एकमुठी चिसो पानी त पिउन नपाई हुँदैन
मलाई तिम्रो छाया त हैन माया नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ