Last modified on 7 मई 2020, at 21:53

मलाई माफ गरिदेऊ / गोपाल योञ्जन

मलाई माफ गरीदेऊ मेरा लोभी नजर कहीँ कसैमा डुबेछ भने
म त खोजिरहेछु हरेक चेहरामा मेरी सपनाकी एक प्रियसी मायालु

ऊ आउँछे सधैँ म निदा'को बेला, अनि बस्छे मेरो छातीमा
ऊ साट्छे सधैँ मेरा पीरहरू सित, उसका मीठामीठा भावना
मलाई माफ गरी देऊ, मेरो प्रेमको कुरा, कहीँ कसैलाई बिझेछ भने
म त खोजिरहेछु हरेक चेहरामा मेरी सपनाकी एक प्रेयसी मायालु

उसको आँखा र ओठ मेरो रोदीघर हो, उसको छाती मेरो श्वास हो
उसको आँसु वर्षा, उसको सुस्केरा शिशिर, उसको मुस्कान मेरो मधुमास
मलाई माफ गरी देऊ मैले मृगतृष्णा कहीँ कसैमा देखेँछु भने
म त खोजिरहेछु हरेक चेहरामा मेरी सपनाकी एक प्रेयसी मायालु