मान्छेहरु किन छोटा–छोटा अचेल
पि“ध नभएका खाली लोटा अचेल
कविहरु त छन् धेरै तर पनि
कहाँ जन्मे ? भूपि, देवकोटा अचेल
सबैको चाह त्यसमा सबैको मोह
पाए हुन्थ्यो महल एकेक ओटा अचेल
तिमीले त मलाई बनाएरै छोड्यौ,
कहीँ नचल्ने सिक्का ‘खोटा’ अचेल
‘काम’ बनाउन अरु के चाहिन्छ र ?
भए पुग्छ दाम मोटा–मोटा अचेल