Last modified on 3 मई 2020, at 12:17

माया बढ्यो झन् / गीता त्रिपाठी

सूनमायालाई सून दिएँ
धनमायालाई धन
मनमायालाई मन दिएँ
माया बढ्यो झन्
 
धनको पछि लाग्ने देखेँ
मुटु काटी भाग्ने देखेँ
आफ्नो भाग लथालिङ्ग
अन्तै पाए चाट्ने देखेँ
मनको कुरा बुझिदिने बल्लतल्ल पाएँ
मनमायालाई मन दिएँ
माया बढ्यो झन्
 
रूपको पछि लाग्ने देखेँ
जूनको शीत ताप्ने देखेँ
साथ छोडी बीचबाटो
एक्लै अघि लाग्ने देखेँ
दुःखसुख बुझिदिने बल्लतल्ल पाएँ
मनमायालाई मन दिएँ
माया बढ्यो झन्