मेरो मीठो दुःख तिमी फर्किआउनू फेरिफेरि
प्यारो मान्दै सहुँला म जिन्दगीको आँधिबेरी
गुलाफको पत्रजस्तो अञ्जुलीले तिर्खा दियौ
धारैधार हिँडिरहेँ दुःख जता तिमी थियौ
सारा मेरा साँझहरू त्यही जून खोज्दै बिते
सधैँभरि हार्नलाई एउटा कस्तो जीत जितेँ !
रुझाएको साउनले तलाउको गहभरि
हेरुँला म निर्धा रूप बाँचुला म कसैगरी
तिम्रो कथा सुँनुला म आफ्नो कथा छिपाएर
जिन्दगीलाई काँडामाथि हिँड्न अझै सिकाएर !