Last modified on 5 जून 2017, at 11:08

मृत्युको ट्रेलर / धिरज राई

अझै जिउन चाहन्छु
तर, घरी न घरी मृत्युको ट्रेलर देखाइरहन्छ– यो जिन्दगी !

खै किन, गड्गडाएर उर्लिन्छ लिङ्गिय भेल मेरै छातिमाथि ?

मेरो अधिकारमा र्याडल काढ्ने आदर्श कहाँ देखि उम्रेको हो ?
कि बिस्र्यो त्येल्ले– आफू हुर्केको पाठेघर !

भो, मिल्दैन–
उसको खुसि – मेरो बन्धन
उसको कर्तव्य – जडौरी अधिकार
उसको सन्टुष्टी – मेरो बलात्कार
अहँ, पटक्कै मिल्दैन– त्यो आदर्श र यो जिन्दगी ।

रै पनि, अझै जिउन चाहन्छु
किन, घरी न घरी मृत्युको ट्रेलर देखाइरहन्छ– यो जिन्दगी ?