मेरो दुःख मैलाई भारी भोगेपछि मात्र जानेँ
स्वर्ग यहाँ, नर्क यहीँ, भोग्नैपर्ने भाग ठानेँ
एउटा कात्रो भए पुग्ने, हीरामोती यहीँ छुट्छ
पसिनाको कमाइ रैछ, अरूले नै रमाई खानेँ
जिन्दगी त रै’छ केवल आँशु, हाँसो र खरानी
त्यसका लागि लडनु, मर्नु मैले आज व्यर्थ मानेँ
सोच्थेँ, यौटा मै मात्र छु घाइते मुटु बोकिहिँड्ने
पीडा सबको उस्तै रैछ, उसको चोट देख्दा जानेँ
तेरो मेरो भन्दाभन्दै सकिन्छ यो जिन्दगानी
अन्त्यमा त सत्कर्म नै रै’छ यौटा साथै लाने