Last modified on 23 सितम्बर 2016, at 22:39

मेरो जीवन / रमेश क्षितिज

कसैलाई असल होला कसैलाई खराब होला
पढ्छौ भने मेरो जीवन यौटा सिड्डो किताब होला

कति सहेँ घाम पानी कस्तो भोगेँ जिन्दगानी
हाँसीहाँसी पिएँ कति विष भन्ने जानीजानी
अलिअलि आस होला धेरैधेरै सन्ताप होला
पढ्छौ भने मेरो जीवन यौटा सिड्डो किताब होला

कतिपल्ट बली भएँ कतिपल्ट सुली चढे
आदर्शले जीउँछु भन्दा खेदिएँ म कति लडेँ
कस्तोकस्तो भोग्नुप¥यो त्यसको कहाँ हिसाब होला
पढ्छौ भने मेरो जीवन यौटा सिड्डो किताब होला