Last modified on 28 मई 2017, at 15:48

मेरो देश / विक्रम सुब्बा

एउटा देउराली थियो
पसिनाको पाती चढाउने
एउटा चौतारी थियो
थाकेको मन बिसाउने
एउटा सानो बस्ती थियो
सुख दुःख बाँड्दै मिलेर बस्ने
अचेल उनीहरू
मरेकोन बाँचेको आँखाले हेरिरहेछन्।

एउटा सानो आकाश थियो
आफ्ना जूनताराहरू सजाउने
अलिकति बतास थियो
जीवन भएर छातीमा रहने
एउटा सानो फूल थियो
दुःखका बेला पनि हाँस्न सिकाउने
अचेल उनीहरू
टुहुराको आँखाले हेरिरहेछन्।