उ सजिलै आफ्ना मनका भाव
मेरो मनमा उतार्न सक्छ
आफ्नै पाना संझेर नानाँभाती चित्र वनाउँछ
त्यही चित्रमा वगैंचा कोर्छ
फूलहरु फूलाउँछ, फलहरु फलाउँछ
एउटा पुस्तानै तयार पारेर
पुरा पुरा जीवन दर्शाउँछ ।
उ विरलै दुःख सुनाउँछ
पीडा वा दर्दको कुनै कोठानै छैन
उसको मन घरका सबै ठाऊँ
स्वच्छ र सफा छन्
द्वेश घृणा खोज्दा पनि भेटिदैन्
उ प्रशान्त छ
शूशान्त र स्थीर छ ।
पूर्णत उज्यालो बर्षाउँछ ।
उ जहिलेपनि शीतलता बाँडीरहन्छ
मानौं, चन्द्रमा उसकै होस
निर्मलता छरिरहन्छ
मानौं, शुद्धिकरण उसको शोध होस
मुस्कुराइरहन्छ
मानौं, उ सन्तुष्टिको परमप्रिय हो
निरन्तर बहिरहन्छ कलकल गर्दै
मानौं, उ नदी होस ।
उ स्वं प्रकृतिको प्रतिमूर्ति
हरियाली फिजाइरहन्छ
सुन्दरता उभित्रको झ्यालबाट सधैं सधैं चिहाइरहन्छ
ज्ञान उसको ढोकाबाट सुटुक्क हिडीरहन्छ
टोल टोल चहारेर अगि फर्किसक्छ ।
उ संझेर, म कहाँ वेला वेला आइरहन्छ
मेरो प्रिय साथी,
मलाइ जीवन पाठ सरलतासंग बुझाइरहन्छ ।