Last modified on 9 मई 2017, at 10:55

मेरो प्रेम / भूपाल राई

ऊ रुँदा म पोखिन्छु… खिन्छु ऊ
लड्दा म धस्किन्छु… इन्छु
उसको बँचाइ त्यस्तो छ
जहाँ ऊसँगै म पनि कष्टप्रद बाँचिदिन्छु
अचेल म उसको मृत्युको कामनामा अहोरात्र उठिरहेछु
सके मुक्तिको सुख होस्— त्यो मृत्युमा मलाई
किनभने उसलाई मैले प्रेमकै लागि प्रेम गरेको छु ।