Last modified on 19 मई 2020, at 14:17

म किन यत्ति कुरूप भएँ मैलाई था'छैन / गीता त्रिपाठी

अँध्यारो

म किन यत्ति कुरूप भएँ मैलाई था'छैन
खोल्छ कि कुन्नि क्षितिजले ढोका सङ्केतै पा'छैन
 
देख्दिन कतै साहसी जून औँसीको पीरमा
यो गाढा रात कलङ्क थप्छ झन् मेरै शिरमा
मभित्र कति घाउ छन् आफै म देख्न सक्दिन
अँधेरी पाइला मैतिर सर्छन्, म छेक्न सक्दिन
 
घामले छोड्यो जूनको साथ, बतासले फूलको
स्वार्थले छोयो मान्छेको मुटु, माया भो भूलको
कायर रातले सहारा माग्छ बिर्सन्छु धरती
मैनिर आई विभत्स हुन्छ मान्छेको पिरती ।