Last modified on 6 नवम्बर 2017, at 15:26

म छुइनँ / ओकिउयामा ग्वाइन


आज विजनमा विफल बसन्त
भएछ अन्त
व्यर्थै सौरभ-सिञ्‍चन गरेर,
फक्रेन फूल भएन भ्रमर-गुञ्‍जन
माउरीले भई मुखर गरेन मधु-वितरण
गीतरागमा चढाउँदै रङ्ग
गाएन विहङ्ग ।

मौन आकाश निश्चल बतास
भाराक्रान्त बिचरी पृथिवी
अतिमनको मन-भारको थिचाइतल
विफल वसन्त छोएर जीवन
बिदाइ लिएर जाँदै छ दूर
पोखाइरखेंर शेष अश्रूजल ।

त्यसपछि तैपनि
माथिको नीलिमा
हुन्छ प्रभान्वित
बस्छ एकचोटि निष्प्रभ प्रभा
दुई सवि-शशी अति सन्तर्पण
वारि वारि उदाई धीर
चियाउँछ धरित्रीतल
तरऽ म छुइनँ-म छु-इ-नँ- ।